आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट: मलेसियाले दियाे नेपाललाई ९३ रनको लक्ष्य

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट: मलेसियाले दियाे नेपाललाई ९३ रनको लक्ष्य


आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई मलेसियाले ९३ रनको लक्ष्य दिएको छ। दुबईमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन बनाएको हो । 

मलेसियाको लागि इल्सा हन्टरले अविजित सर्वाधिक ३९ रन बनाइन्। ४८ बल खेलेकी उनले चार चौका प्रहार गरिन्। यस्तै मास इल्साले १४ र युस्रिया याकोपले १२ रनको योगदान गरिन्।

टस जितेर फिल्डिङ गरेको नेपालको लागि सब्नाम राईले सर्वाधिक दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी राईले १ मेडन राख्दा २७ रन खर्चेकी थिइन्। 

यस्तै कप्तान रुबिना क्षेत्री, कविता कुँवर  र सीता राना मगरले समान १–१ विकेट लिए।

शुक्रबार नेपाल मलेसियालाई हराउँदै ग्लोबल छनोटको सम्भावना कायम राख्न चाहन्छ। मलेसियालाई जितेको अवस्थामा नेपाल ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा पुग्नेछ। 

तीन खेलमा दुई जितसहित चार अंक बनाएको नेपाल दोस्रो स्थानमा  छ। तीन खेलमा शत प्रतिशत जित निकालको यूएई ६ अंकसहित शीर्षस्थानमा छ।

तालिकामा शीर्षस्थानमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ। ग्लोबल छनोटको शीर्ष दुई टोली विश्वकपमा स्थान बनाउनेछन्। 

Skip This
Logo