ढोरपाटनले जित्याे भलिबलको उपाधि

ढोरपाटनले जित्याे भलिबलको उपाधि


प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले जितेको छ।

शनिबार सम्पन्न फाइनलमा आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई २५–१६, २५–२१, १५–२० ले हरायो।  मण्डली स्पोर्ट्स क्लबले एक नं प्रदेश रातोलाई २२–२५,२५–१८,२५–१९२३–२५,१५–१० ले हराउँदै तेस्रो स्थान पायो।

प्रतियोगितामा ढोरपाटनका प्रताप खवास उत्कृष्ट खेलाडी घोषित भए। गुरुङ स्पोर्ट्स हाउसका सन्तोष श्रेष्ठ उत्कृष्ट स्पाइकर हुँदा एक नम्बर प्रदेशका राम घताने उत्कृष्ट ब्लकर र ढोरपाटनका मनबीर छन्त्याल उत्कृष्ट डिफेन्स घोषित भए ।

मण्डलीका राजन गुरुङ उत्कृष्ट सर्भर तथा ढोरपाटनका  मन कुमार छन्त्याल उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट खेलाडीले ५ हजार तथा अन्य विधागत उत्कृष्टले तीन हजार रुपैयाँ पुरस्कार पाए।

ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँबसपार्कमा सम्पन्न प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११  तथा उपविजयी टोलीले ६१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाए। 

तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो।

Logo