युइएफए च्याम्पियन्समा लिभरपुलको शतप्रतिशत जित

युइएफए च्याम्पियन्समा लिभरपुलको शतप्रतिशत जित


इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली इटाली क्लब इन्टर मिलानलाई प्रतिस्पर्धात्मक खेलमा २-१ गोल अन्तरले पराजित गरेकाे हाे।  

सानसिरोमा जित दिलाउन मोहम्मद सलाह र डिमोक ओरिजीले १-१ गोल गर्दा घरेलु टोली मिलानका लागि फिकायो टोमोरीले सान्त्वना गोल गरे। 

खेलको २८औँ मिनेटमा फिकाेले गोल गर्दै घरेलु टोली मिलानलाई अग्रता दिलाए। यसपछि सलाहले ३६औँ मिनेटमा गोल गर्दाै टोलीलाई बराबरीमा ल्याए भने ओरिजीले ५५ मिनेटमा विजयी गोल गरे। 

हारसँग मिलानले प्रि-क्वाटरफाइनलमा पुग्ने अवसर गुमायो। जितसँगै लिभरपुल समूह चरणमा शत प्रतिशत जित निकाल्ने पहिलो इंग्लिस क्लब बन्यो।

राति नै भएको समूह ‘बी’ को खेलमा एथ्लेटिको म्यड्रिडले एफसी पोर्टाेलाई पराजित गरेकाे छ। ६ खेलमा जित निकालेर १८ अंक बनाएको लिभरपुल शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्याे भने ७ अंकका साथ उपविजेताको रुपमा एथ्लेटिको नट आउट चरणमा स्थान बनायो। 

पराजित पोर्टाे ५ अंक र  ४ अंकको मिलान क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए।

Logo