सहिद स्मारक ए डिभिजन लिग: थ्री स्टार र आर्मीको गोलरहित बराबरीमा

सहिद स्मारक ए डिभिजन लिग: थ्री स्टार र आर्मीको गोलरहित बराबरीमा


त्रिभुवन आर्मी फुटबल क्लब जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत थ्री स्टारविरुद्ध गोल रहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ।

थ्री स्टारसँगको बराबरीपछि आर्मीले तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ।

आइतबार सम्पन्न पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३-० ले हराउँदै संकटा तालिकाको तेस्रो स्थानमा उक्लिलएको थियो। 

आर्मी ६ खेलमा १० अंकसहित चौथो स्थानमा छ। समान खेलमा १४ अंक जोडेको मच्छिन्द्र शीर्ष स्थानमा छ भने मनाङ १३ अंक बटुल्दै दोस्रो र संकटा १२ अंक जोड्दै तेस्रो स्थानमा छ।

दशरथ रंगशालामा जारी खेलमा थ्री स्टारमाथि निरन्तर दबाब बनाएको विभागीय टोलीले फिनिसिङमा चुक्दा अग्रता बनाउन सकेन। खेलको म्यान अफ दि म्याच आर्मीका जगदीश श्रेष्ठ घोषित भए।

Logo