जेभियर इन्टरनेसनल र साइपाललाई उपाधि

जेभियर इन्टरनेसनल र साइपाललाई उपाधि


जेभियर इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले ८ औं यू–१९ जेभियर इन्टरनेसनल बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

जेभियर इन्टरनेसनल कलेजको बास्केटवल कोर्टमा आइतबार सम्पन्न फाइनलमा जेभियर इन्टरनेसनलले टाइम्स इन्टरनेसनललाई हराउँदै पुरुषतर्फको च्याम्पियन भएको हो। यस्तै, साइपाल एकेडेमीले जेभियर इन्टरनेसनल कलेजलाई हराउँदै महिलातर्फ च्याम्पियन भएको हो।

प्रतियाेगिताको फाइनलमा पुरुषतर्फ जेभियर इन्टरनेसनलले हिमालयन टाइम्सलाई ४६–४० स्कोरले पराजित गरेको थियो। यसैगरि, महिलातर्फ साइपाल एकेडेमीले जेभियरलाई ४२–३६ स्कोरले हराउँदै उपाधि जित्यो।

प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट खेलाडी जेभियर इन्टरनेसनलका आर्दश बस्नेत घोषित भए भने महिलातर्फ उत्कृष्ट खेलाडी साइपालकी प्रतिक्षा मगर घोषित भइन्। 

बिजेता तथा उपबिजेता खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र यस कार्यक्रमका प्रमुख अतिथी एवं कान्तिपुर मिडीया ग्रुपका एजिएम महेश स्वारले वितरण गरे। प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

Logo