प्रधानमन्त्री कपको फाइनलमा बुधबार एपीएफ र पुलिस भिड्ने

प्रधानमन्त्री कपको फाइनलमा बुधबार एपीएफ र पुलिस भिड्ने


नेपाल एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा अर्काे विभागीय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफले उपाधिका लागि नेपाल पुलिससँग भेट पक्का गरेको हो। 

फाइनल बुधबार हुनेछ। पहिलो सेमिफाइनलमा पुलिसले बागमतीलाई ५० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। 

एपीएफले दिएको २३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी नाै विकेट गुमाएर १८३ रनमै समेटियो। आर्मीका राजेश पुलामीले २१ बलमा सर्वाधिक ३८ रन जोडे । यस्तै भीम सार्कीले ३५ तथा सुमित श्रेष्ठले २४ र हरि चौहानले २२ रनको योगदान गरे। 

एपीएफका लागि शरद भेषवाकरले सर्वाधिक तीन विकेट हात पारे। अविनाश बोहरा र भुवन कार्कीले दुई-दुई विकेट लिँदा किशोर महतो र दिपक बोहराले एक-एक विकेट लिए।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २३० रनको विशाल योगफल तयार पार्‍याे। एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे। लोकेश बमले १८ बलमा ६६ रन बनाउँदा प्रदीप ऐरीले ५३ बलमा ५७ रनको योगदान गरे। 

Skip This
Logo