इंग्लिस प्रिमियर लिग : युनाईटेडको सहज जित

इंग्लिस प्रिमियर लिग : युनाईटेडको सहज जित


इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेष्टर युनाईटेडले सहज जित निकालेको छ। 

बुधबार राति भ्रमणकारी टोली युनाईटेडले ब्रेन्टफोर्डलाई ३–१ अन्तरले पराजित गर्दै १० औं जित निकाल्यो। 

युनाईटेडको जितमा एन्थोनी अलान्गा, मासोन ग्रीनवुड र  मार्कोस रसफोर्डले एक, एक गोल गरे । घरेलु टोली ब्रेन्टफोर्डका लागि खेलको ८५औं मिनेटमा इभान टोनीले सान्त्वना गोल गरे। 

यस अघि खेलको ५५औं मिनेटमा एन्थोनीले युनाईटेडलाई सूरुआती अग्रता दिलाए। ६२औं मिनेटमा मासोनले गोल गर्दा युनाईटेड २–०ले अगाडि बढ्यो। रसफोर्डले ७७औं मिनेटमा गोल गर्दा युनाईटेड सहज जिततर्फ लम्कियो। 

जितपछि २१ खेलबाट युनाईटेड ३५ अंकसहित साँतौं स्थानमा छ। २२ खेलबाट ब्रेन्टफोर्ड २३ अंकसहित १४औं स्थानमा छ। २२ खेलबाट ५६ अंक बनाएको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ। 

Logo