अहिलेकाे अवस्थामा बिना दर्शक खेल गराउनु उदाहरणीय र प्रशंसनीय कार्यः एन्फा अध्यक्ष शेर्पा

अहिलेकाे अवस्थामा बिना दर्शक खेल गराउनु उदाहरणीय र प्रशंसनीय कार्यः एन्फा अध्यक्ष शेर्पा


आहा रारा गोल्डकपको २०औं संस्करण पोखरास्थित बन्द रंगशालामा बिहीबारबाट सुरु भएको छ। उद्घाटन खेलमा अहिले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र आयोजक सहारा एकेडेमी प्रतिस्पर्धा गरिहेका छन्।  

१० टोली सहभागी प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बिनादर्शक खेल गराउनु नेपाली फुटबलको लागि उदाहरणीय र प्रशंसनीय कार्य भएको बताएका छन्। ‘पोखरामा बिनादर्शकको खेल गराउनु उदाहरणीय र प्रशंसनीय कार्य हो,’ अध्यक्ष शेर्पाले भने । 

हाल नेपालमा समेत कोभिड-१९ संक्रमण बढ्दै गएपछि स्थानीय सरकारले स्मार्ट लकडाउन घोषणा गरेका छन् । पोखरामा समेत संक्रमण बढ्दै गए पनि गण्डकी प्रदेश सरकारले प्रतियोगिता बन्द रंगशालामा गराउन निर्देशन दिएको थियो । 

यस्तै अध्यक्ष शेर्पाले यस प्रतियोगितालाई चाडपर्वको रूपमा लिएको र विदेशमा रहेका नेपाली आएर प्रतियोगिताको रौनक बढाएकोमा धन्यवाद दिए। ‘यस फुटबल प्रतियोगितालाई चाडपर्वका रूपमा लिएको छु। अष्ट्रेलिया, हङकङदेखि सपरिवार आएर पर्वका रूपमा हेर्नुभएको छ। धन्यवाद र नमन गर्न चाहन्छु,’ उनले भने । 

जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरण समाप्त भएसँगै लिग रोकिएको छ। नेपाल राष्ट्रिय टोलीले मौरिसससँग १५ र १८ माघमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ। याे सँगै लिगले विश्राम पाएको छ भने मोफसल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता आयोजक टोलीसहित मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब, थ्री स्टार क्लब र भुटनीज सकर क्लबको सहभागिता छ। 

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष कर्माले प्रतियोगितालाई एन्फाको क्यालेन्डरमा ६ महिनाअघि नै तोक्ने र प्रतियोगिता आयोजना गर्न र एकेडेमी सञ्चालनमा एन्फाले प्रत्यक्ष रूपमा सहभागिता जनाउने प्रतिबद्धता जनाए। ‘व्यवसायिक एकेडेमी आयोजना सुरु गर्नुस् । तपाई+हरुको एकेडेमीमा एन्फाको पनि प्रत्यक्ष सहभागिता रहनेछ। प्रतियोगिता आयोजना गर्ने मात्रै हैन सफल टिम हुनेमा विश्वास लिन्छु। एन्फाले सहयोग गर्छ। प्रतियोगिता २० वर्ष मात्रै हैन। एक सय वर्ष आयोजना होस् सफल रहोस् कामना,’  उनले भने।

Logo