आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा


डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २-० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ। बिहीवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछि लिभरपुलले ६ वर्षपछि उपाधिका लागि चेल्सिसँगको भेट पक्का गरेको हो। 

भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे। खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछि घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो।

यस अघि पहिलो लेग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। 

Logo