भेनेजियालाई पराजित गर्दै इन्टर मिलनलाई शीर्षस्थानमा पाँच अंकको अग्रता

भेनेजियालाई पराजित गर्दै इन्टर मिलनलाई शीर्षस्थानमा पाँच अंकको अग्रता


पुनरागमनसहित भेनेजियालाई शनिबार राति २-१ अन्तरले पराजित गर्दै शीर्षस्थानको इन्टर मिलनले पाँच अंकको अग्रता बनाएको छ। 

इन्टरको १६औं जितमा निकोलो बरेला र इडेन जेकोले १-१ गोल गरे। भेनेजियाको लागि थोमस हेन्रीले गोल गरे।

खेलको १९औं मिनेटमा थोमसको गोलबाट भ्रमणकारी टोली भेनेजियाले अग्रता बनायो। ४०औं मिनेटमा निकोलोले गोल गर्दा पहिलो हाफ १-१ को अवस्थामा सकियो।

खेलको अन्तिम मिनेटमा जेको चम्किँदा इन्टरले उपाधी यात्रा थप बलियो बनायो। 

जितसँगै इन्टर २२ खेलबाट ५३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एसि मिलान  ४८ अंकसहित दोस्रो स्थानमा छ। 

यता पराजित भेनेजिया भने २२ खेलबाट १८ अंकसहित १७औं स्थानमा छ। 

Logo