वेष्ट इन्डिजविरुद्ध इंग्ल्यान्ड एक रनले विजयी

वेष्ट इन्डिजविरुद्ध इंग्ल्यान्ड एक रनले विजयी


इंग्ल्यान्डले दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजलाई एक रनले पराजित गरेको छ। रोमाञ्चक जितसँगै टी-२० शृंखला एक एक बराबरीमा पुगेको छ। यसअघि पहिलो खेलमा वेष्ट इन्डिजले नौ विकेटले जितेको थियो। 

घरेलु मैदानमा १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनायो। 

वेस्टइन्डिजका अकेअलल हुसेन र रोमारियो शेफर्डले समान ४४ रनको योगदान गरे। यस्तै निकोलस पुरनले २४ रन बनाउँदा ड्यारेन ब्राभोले २३ रन बनाए । 

भ्रमणकारी टोली इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक तीन विकेट लिए। यस्तै आदिल राशिदले दुई विकेट लिँदा रोस टोपली र क्रिस जोर्डनले समान एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रन बनायो । 

उसका जेसन रोयले सर्वाधिक ४५ रन बनाए । यस्तै मोइन अलीले ३१ रन बनाउँदा क्रिस जोर्डनले २७ रन बनाउँदा टम ब्यान्टनले २५ रनको योगदान गरे । वेस्टइन्डिजका फेबिएन एलेन र जेसन होल्डरले समान दुई विकेट लिए । 

Logo