मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस टिम नेपाल आइपुग्याे

मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस टिम नेपाल आइपुग्याे


दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्नका लागि मौरिससको टिम नेपाल आइपुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। 

नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ। खेल हुने समय भने बताइएको छैन। दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन। पछिल्लो समय कोभिड–१९ को संक्रमण उच्च बन्दै गएपछि सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागू गरिएकाे छ। 

यस्तै, सरकारले सार्वजनिकस्थानमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ। हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रारम्भिक प्रशिक्षण गरिरहेको छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन्। 

Logo