आहा रारा गाेल्डकप : मछिन्द्रसँग संकटा पराजित

आहा रारा गाेल्डकप : मछिन्द्रसँग संकटा पराजित


मछिन्द्र क्लव पाेखरामा जारी आहा रारा गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनल प्रवेश गरेको हो। 

मछिन्द्रकाे जितमा मेसुके ओलामाेउले २ तथा उत्सव राई र अभिषेक गुरुङले १-१ गाेलकाे याेगदान दिए। 

संकटाका लागि गणेश हमालले सान्त्वना गोल फर्काए। खेलको १३ औं मिनेटमा उत्सवकाे गाेलबाट अघि बढेकाे मछिन्द्रका लागि ४७ औं मिनेटमा मेसुकेले दाेश्राे गाेल गरे । खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए। 

अभिषेकले ८४ औं मिनेटमा र ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टीमका लागि चाैंथाे गाेल हिर्काए।  

मेसुके म्यान अफ दी म्याच भए। मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

Logo