स्पेनिस ला लिगा: रियल मड्रिड र एट्लेटिको विजयी

स्पेनिस ला लिगा: रियल मड्रिड र एट्लेटिको विजयी


स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन्। 

रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्यो। रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे। 

अर्को खेलमा भ्रमणकारी टोली एट्लेटिकोले ओसासुनालाई ३-० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो। एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले एक एक गोल गरे। 

जितसँगै २५ खेलबाट ५७ अंक बनाएको रियल शीर्ष स्थानमा छ। एट्लेटिको भने समान खेलबाट ४२ अंक बनाएर चौथो स्थानमा छ।

यता पराजित अलाभेस २० अंकसहित रेलिगेशन जोनमा छ भने ओसासुना ३२ अंकसहित नवौं स्थानमा छ।

Logo