सहिद स्मारक ‘बी’ डिभिजन लिग : श्री कुमारी र नयाँ बस्तीको खेल बराबरीमा

सहिद स्मारक ‘बी’ डिभिजन लिग : श्री कुमारी र नयाँ बस्तीको खेल बराबरीमा


ललितपुरमा जारी सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा श्री कुमारी क्लब र नयाँ बस्ती युथ क्लबले अंक बाडेका छन् । 

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा श्री कुमारी र नयाँ बस्तीले २-२ गोलको बराबरी खेले। दुई पटकको अग्रता जोगाउन नसक्दा नयाँ बस्ती अंक बाँढ्न बाध्य भयो । २२औं मिनेटमा अभय धिमालले गोल गर्दै नयाँ बस्तीलाई सुरुआती अग्रता दिलाएका थिए तर ४८औं मिनेटमा सृजल राज गौतमले श्री कुमारीका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। 

६८औं मिनेटमा सुमनको गोलबाट नयाँ बस्तीले फेरि अग्रता बनाएपनि ८७औं मिनेटमा नीरबहादुर आलेले गोल गर्दै श्री कुमारीको हार टारेका थिए । बुधबार सुरु लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली 'ए' डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टोली 'सी' डिभिजनमा घटुवा हुनेछन् ।

Logo