नेपाललाई श्रीलंका-११ को २३३ रनको लक्ष्य

नेपाललाई श्रीलंका-११ को २३३ रनको लक्ष्य


श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेटसामू चौथो अभ्यास खेलमा श्रीलंका ११ ले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाएर २३२ रनको योगफल तयार गर्‍याे ।

श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिए। यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए ।

यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः १११ र ८९ रनले पराजित गरेको थियो । बिहीबार भएको चौथो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई एक सय ४४ रनले पराजित गरेको थियो ।

नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ। नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो  शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ।

नेपाली टिम: 
कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, सोमपाल कामी, विक्रम सोब, रोहित कुमार पौडेल, आरिफ शेख।

श्रीलंका कम्बाईन ११: 
कप्तान थिसारा परेरा, थरंगा, सदुन विरकोडी, सेकुगे प्रसन्ना, दिलुरुवान परेरा, चमारा सिल्भा, धम्मिका प्रसाद, रमेश निमान्था, अनुक फर्नान्डो, दिलांका अवाभ्दत ।

Logo