कतार विश्वकप–२०२२ः एसियाबाट चार टोलीको टुंगो, अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने

कतार विश्वकप–२०२२ः एसियाबाट चार टोलीको टुंगो, अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने


कतार विश्वकप–२०२२ का लागि एसियाबाट सहभागिता जनाउने चार टोलीको टुंगो लागिसकेको छ। आयोजक कतार स्वतः विश्वकपमा स्थान बनाउँदा एक टोलीको भने सम्भावना प्लेअफबाट निर्धारण हुनेछ। 

एसियाबाट इरान र दक्षिण कोरिया तथा साउदी अरबिया र जापानले भने छनोट चरणबाट सिधै विश्वकपमा स्थान बनाए। 

अब, प्लेअफबाट एक टोलीको सम्भावना रहन्छ। त्यसका लागि प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ। एसियाबाट दुई समूहका तेस्रो स्थानमा रहने दुई उत्कृष्ट राष्ट्रले पहिलो चरणको प्लेअफ खेल्नेछन्। 

जहाँ अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई) प्रतिस्पर्धा गर्नेछन्। खेल दोहामा ७ जुनमा हुनेछ। यसको विजेताले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ। जहाँ दक्षिण अमेरिकी छनोटको प्लेअफ टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। 

यस खेल १३ अथवा १४ जुनमा दोहामै हुनेछ। दक्षिण अमेरिकी प्लेअफबाट पेरुले विश्वकप छनोटका लागि प्रयास गर्नेछ। यसको विजेता विश्वकपमा स्थान बनाउन सफल हुनेछ। यसअघि एसिया छनोटको तेस्रो चरणमा रहेका १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ए बाट इरान र कोरियाले स्थान बनाउँदा समूह बी बाट साउदी अरबीया र जापानले स्थान बनाए। 

तेस्रो चरणबाट इराक, सिरिया, लेवनान, ओमान, चिन र भियतनाम भने अगाडि बढ्न सकेनन्। 
हालसम्म एसियाबाट दक्षिण कोरियाले ११ पटक विश्वकप खेलिसकेको छ। यस्तै जापानले ७ पटक विश्वकपमा सहभागीता जनाउँदा इरान र साउदी अरबले समान ६ पटक खेलेका छन्। यस्ता अष्ट्रेलियाले पाँच पटक खेल्दा उत्तर कोरियाले दुईपटक खेलेको छ। 

यस्तै इन्डोनेसिया, इजरायल, कुवेत, इराक, यूएई, चीन र कतारले समान एक एक पटक विश्वकपमा आफ्नो सहभागिता जनाए।

Skip This
Logo