आइपीएलः बेंगलोरको दोस्रो जित, राजस्थान रोयल्स ४ विकेटले पराजित

आइपीएलः बेंगलोरको दोस्रो जित, राजस्थान रोयल्स ४ विकेटले पराजित


रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ। 

१७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९ ओभर एक बलमा ६ विकेट गुमाउँदै पूरा गरेकाे हाे। 

बेंगलोरको जितमा  विकेटकिपर दिनेश कार्तिकले  सर्वाधिक ४४ रन बनाए। कप्तान फाफ डु प्लेसिसले २९ रन बनाए। राजस्थानका युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले समान २ विकेट लिए। 

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेकाे थियाे। 

राजस्थानका जस बटलरले सर्वाधिक ७० रन बनाए। शिम्रन हेटमायरले ४२ रनको योगदान गरे। बेंगलोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १ विकेट लिए।

बैंगलोरको यो दोस्रो जित हो भने राजस्थानको पहिलो हार हो। 

Logo