इन्डियन प्रिमियर लिग : चेन्नईको लगातार चौथो हार, हैदरावादको पहिलो जित

इन्डियन प्रिमियर लिग : चेन्नईको लगातार चौथो हार, हैदरावादको पहिलो जित


चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल) मा पहिलो जित निकालेको छ। 

यता चेन्नईले भने लगातार चौथो हार बेहोरेको छ। जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

हैदरावादका युवा ब्याटर अभिषेक शर्माले  सर्वाधिक ७५ रन बनाए। यस्तै राहुल त्रिपाठीले ३९ रनको योगदान दिए।

चेन्नईका मुकेश चौधरी र ड्वेन ब्राभोले समान १ विकेट लिए। यसअघि  मुम्बईमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रनको योगफल तयार पार्‍यो।

चेन्नईका मोईन अलीले सर्वाधिक ४८ रन बनाए। यस्तै अम्बाती रायडूले २७ रनको योगदान गरे। हैदरावादका वासिन्टन सुन्दर र नटराजनले समान २ विकेट लिए।

Logo