स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित, एट्लेटिको हार

स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित, एट्लेटिको हार


स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिडले भने हार व्यहोरेको छ । रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २-० अन्तरले पराजित गरेको हो । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे ।

३८औं मिनेटमा  क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो । ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए । जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ । पराजित गेटाफे ३२ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

अर्को खेलमा एट्लेटिको मलोर्कासँग १-० अन्तरले पराजित भयो । ६८ औं मिनेटमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरे गरेका थिए  । बाकी समय एट्लेटिको खेलमा फर्कने प्रयास गरेपनि सफल भएन ।जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा छ । एट्लेटिको ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । सेभियाको ६० अंक छ ।

Logo