‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता आजदेखी

‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता आजदेखी


नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो । एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिताको विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

दोस्रोले रु १५ हजार र तेस्रोले रु १० हजारसहित ट्रफी पाउनेछन् । प्रतियोगितामा ३० वर्षमाथि उमेर समूहकाले प्रतिस्पर्धा गर्न पाउने छन् । इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका गरी ५० जनाभन्दा बढीको सहभागिता रहने प्रतियोगिता संयोजक शरण फागोले जानकारी  दिए । 

फिक्कल चोक बजारबाट सुरु हुने सो प्रतियोगिता नयाँ चोक-केराबारी-आले-शहीद चोक-१० नं वडा कार्यालय-फिक्कल रिङ रोड, बरबोटे हुँदै चोक बजारमा आएर समाप्त हुनेछ । ‘स्वास्थ्यका लागि साइकल प्रयोग गरौँ’ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिता सञ्चालन गरिएको हो ।  प्रतियोगिताबाट पर्यटक आकर्षित गर्न सकिने अपेक्षा आयोजकले गरेको छ ।

Logo