प्रशिक्षक संघकाे अध्यक्षमा राजेन्द्र तामाङ निर्विरोध

प्रशिक्षक संघकाे अध्यक्षमा राजेन्द्र तामाङ निर्विरोध


अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको  प्रशिक्षक संघको अध्यक्षमा  पूर्वखेलाडी तथा प्रशिक्षक  राजेन्द्र तामाङ निर्विरोध निर्वाचित भएका छन् ।  शनिवार चितवनको सौराहामा भएको अधिवेशनबाट  मनाङ मर्स्याङ्दीका प्रशिक्षकसमेत रहेका तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । 

आसन्न एन्फाको केन्द्रीय निर्वाचनका लागि प्रशिक्षक संघले अधिवेशनबाट प्रतिनिधि छनोट गर्न निर्वाचन गरेको थियो । संघले एक मताधिकार पाउनेछ । प्रशिक्षक संघमा तामाङ र चेत नारायण श्रेष्ठले दाबी गरे पनि पछि श्रेष्ठले दाबी छोडेका थिए ।

पहिलो पटक अध्यक्ष भएका तामाङले अन्य प्रशिक्षक र अघिल्ला कार्यक्रम हेरेर अगाडि बढ्ने न्युज कारखानालाई बताएका छन् ।  ६ असारमा हुने एन्फाको  केन्द्रीय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब रहेका छन् । यस्तै खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् ।

Logo