कबड्डीको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

कबड्डीको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै


मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा कैलालीको धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली आज खेल्दैछन् ।

मङ्गलबार भएको सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४५-१२ अङ्कले तथा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३७-३२ अङ्कले पराजित गरेको हो ।  उपाधि विजेताले रु एक लाख ५० हजार, उपविजेताले रु ८० हजार र सेमिफाइनलमा स्थान बनाएका दुई टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्नेछन् । 

Logo