आइपीएल : दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा

आइपीएल : दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा


दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को  शीर्ष स्थानमा उक्लिएको छ। 

शुक्रबार राति जितको लागि २२३ रनको  लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै  २०७ रनमा समेटियो। दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए। रोभम्यान पावेलले ३६ रनको योगदान गरे।

राजस्थानका प्रसिद्ध कृष्णले ३ विकेट लिए। रविचन्द्रन आश्विनले २ विकेट लिए। यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो।

राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित ११६ रन बनाए। यस्तै देवदत्त पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रन बनाए। दिल्लीका खलिल अहमद र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए।

जितसँगै राजस्थानले सात खेलबाट ५  खेलमा जितसहित १० अंक बनाउँदै शीर्ष स्थानमा छ । दिल्ली ७ खेलमा ३ जित र ४  हारसहित ६ अंक बनाएर छैटौं स्थानमा छ।

Logo