1
1
Kendrabindu - News & Articles from Nepal

आईपीएल : लखनउ सुपर जाइन्ट्सको छैटौं जित

1
1
1
1
1
1
1

पन्जाब किङ्सलाई २० रनले हराइदै लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेटमा छैटौं  जित निकालेको छ ।

पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । पन्जाबका  जोनी बेयर्सटोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए । लखनउका मोसिन खानले ३  विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो । लखनउका क्विन्टन डी ककले  सर्वाधिक ४६ रन जोड्दा दिपक होडाले ३४ रन बनाए । पन्जाबका कागिसो राबडाले ४  विकेट लिए । लखनउले ८ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पन्जाबले ९ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा छ ।

खेलकुद

प्रकाशित: १७ बैशाख २०७९ ०७:३१ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी