कार्लो एन्सोलोट्टी बने युरोपका शीर्ष पाँच लिग जिताउने पहिलो प्रशिक्षक

कार्लो एन्सोलोट्टी बने युरोपका शीर्ष पाँच लिग जिताउने पहिलो प्रशिक्षक


रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सोलोट्टी युरोपका शीर्ष पाँच लिग जिताउने पहिलो प्रशिक्षक बनेका छन् । शनिबार रियल मड्रिड ला लिगा च्याम्पियन बनेसँगै कार्लो एन्सोलोट्टी युरोपका सबै शीर्ष पाँच लिग जिताउने पहिलो प्रशिक्षक बनेका हुन्। 

शनिबार राति रियल मड्रिडले ला लिगाको ३४ औं खेलमा स्पान्योललाई पराजित गर्यो । रियल मड्रिडको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्को असेन्सियो र करिम बेन्जेमाले समान १–१ गोल गरे ।

प्रशिक्षकका रुपमा पहिलो पटक  रियल मड्रिडको जिम्मेवारी सन् २०१३ देखि १५ मा गरेका थिए । त्यो सिजन उनले च्याम्पियन्स लिग, कोपा डेल रे र सुपर कप जितेका थिए । तर उनले त्यो सिजन ला लिगा जित्न सकेन । २०१३ को सिजन एट्लेटिको म्याड्रिड  र १४/१५ को सिजन बार्सिलोनाले जितेको थियो । प्रशिक्षकका रुपमा २५ वर्ष काम गरिसकेका एन्सोलोट्टीले हालसम्म २२ वटा ट्रफि जिताइसकेका छन् । 

यसभन्दा पहिले इंग्ल्याण्ड, फ्रान्स, जर्मनी र इटालीको मूख्य उपाधि जिताइसकेका उनले यसै सिजन दोस्रो पटक रियल मड्रिडको जिम्मेवारी सम्हालेका थिए । एन्सोलोट्टीले सन् २००४ मा सिरी ए (एसी मिलान) ,  २०१० मा इङ्गलिस प्रिमियर लिग (चेल्सी), २०१३ मा फ्रेन्च लिग (पिएजी), २०१७ मा बुन्डेसलिगा (बायन म्युनिख) र शनिबार  (२०२२) मा (रियल मड्रिडलाई) स्पेनिस ला लिगा  जिताए।
           

Logo