म्यानचेस्टर युनाइटेडमाथि रुसी टोली जेनिट सेन्ट पिटर्सवर्गको व्यंग्य

म्यानचेस्टर युनाइटेडमाथि रुसी टोली जेनिट सेन्ट पिटर्सवर्गको व्यंग्य


“हे म्यानचेस्टर युनाइटेडका फ्यानहरू, ट्रफी भनेको यस्तो देखिन्छ।” यो व्यंग्यात्मक वाक्य रुसी टोली जेनिट सेन्ट पिटर्सवर्गले म्यानचेस्टर युनाइटेड यो सिजन ट्रफिविहीन भएपछि ट्विटरमा म्यानचेस्टर युनाइटेडको आधिकारिक पेजलाई ट्याग गरि पोस्ट गरेका हुन्। 

म्यानचेस्टर युनाइटेड शनिबार प्रिमियर लिगमा ब्राइटनसँग ४-० को लज्जास्पद पराजयपछि रुसी टोली जेनिट सेन्ट पिटर्सबर्गले यो पोस्ट राखेका थिए । म्यानचेस्टर युनाइटेडको यो हारसँगै अंक तालिकाको आधारमा इतिहासकै सबैभन्दा खराब स्थितिबाट गुज्रिरहेको छ। गत सिजन आफ्नो घरेलु लिगमा दोस्रो स्थान हासिल गरेको युनाइटेडका लागि यो सिजन फलदायी हुने अपेक्षा गरिए पनि त्यसो हुन सकेन ।

च्याम्पियन्स लिग जित्नका लागि ल्याइएका क्रिष्टियानाे रोनाल्डो र ११ वर्षदेखि म्यानचेस्टर युनाइटेडमा आबद्व गोलकिपर डेविड डी जियाले मात्रै यो सिजन युनाइटेडका लागि राम्रो खेल्न सके । 

सन् २०१३ पछि म्यानचेस्टर युनाईटेडले चौथो पटक च्याम्पियन्स लिगमा सहभागीता जनाउने अवसर गुमाइसकेको छ । टोलीको लगातार खराब प्रदर्शनबाट निकै निराश बनेका तथा हार खाइसकेका समर्थकले पनि खेलाडीहरुलाई मैदानमै गिज्याउन थालेका छन्। 

पछिल्ला पाँच खेल मध्ये १ खेलमा मात्र जित हासिल गरेको युनाइटेडको यस्तै प्रदर्शन जारी रहने हो भने युरोपा लिग खेल्न पनि निकै गाह्रो देखिन्छ। युनाइटेडका समर्थकहरूले आफ्ना खेलाडीहरुले ब्राइटनसँगको खेल दौरान दोस्रो हाफमा निकै फितलो प्रदर्शनी गरेपछि समर्थकहरुले रंगशालामै “तिमी जर्सी लगाउन योग्य छैनौ” भन्दै खेलाडीहरुलाई गिज्याएका थिए।

Logo