फिफा र इएबीचको सहकार्य टुट्यो

फिफा र इएबीचको सहकार्य टुट्यो


अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र इलेक्टोनिक आट्स (इए) बीचको ३० वर्षे सहयात्रामा पूर्णविराम लागेको छ । 

झन्दै तीन दशक लामो समयदेखि फिफा र इएबीच व्यापारिक साझेदारी थियो । पछिल्लो समय बढ्दो तनावपछि उनीहरुबीचको सहकार्य अन्त्य भएको हो । विवाद समाधानका लागि पछिल्लो समय भएका दर्जन बढी वार्ता समेत निष्कर्षविहीन बनेका थिए । 

यद्यपि १० वर्ष अघि गरिएको सम्झौता कतार विश्वकपसम्म भने कायम रहनेछ । फिफा र इएबीच सन् २०२३ मा अस्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त्त रुपमा आयोजना हुने महिला विश्वकप फुटबलसम्म सम्झौतालाई निरन्तरता दिने सहमति पनि भएको छ ।

महिला विश्वकप फुटबल सकिएपछि १५ करोड बढी खेलाडी सदस्य भएको फिफा भिडियो गेमले आफ्नो नाम परिवर्तन गर्री  इए स्पोट्स एफसी’ राख्नेछ । तर खेल भित्र त्यस्तो धेरै केहि परिवर्तन नगरिने इए स्पोट्स एफसीले बताएका छन् ।

संसारभरीका प्रसिद्व क्लब, स्टार खेलाडीहरुको लाइसेन्स इएसँग नै गरिएकाले क्लब र खेलाडीहरुलाई इए स्पोट्सले प्रयोग गर्न पाउनेछन् । तर फिफाले आयोजना गर्ने प्रतियोगिताहरुलाई इए स्पोट्सले सम्झौता सकिएपछि प्रयोग गर्न पाउने छैन ।

इए स्पोट्स र फिफाले पछिल्लो दुई दशकमा फिफा भिडियो गेमबाट २० बिलियन डलर भन्दा बढी आर्जन गरेका थिए ।

Logo