आईपीएल : दिल्लीद्वारा राजस्थान पराजित

आईपीएल : दिल्लीद्वारा राजस्थान पराजित


इण्डियन प्रिमिएर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले  राजस्थान रोयल्सविरुद्ध ८ विकेटको जित निकालेको छ । 

गएराति डीवाई पाटिल स्टेडियम मुम्बईमा भएको खेलमा राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले ११ बल बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । दिल्लीका मिचेल मार्सले ६२ बलमा ८९ रनको महत्त्वपूर्ण योगदान गरे । डेबिड वार्नर ५२ र कप्तान रिसव पन्त १३ रनमा नटआउट रहे । 

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो । रविचन्द्रन आश्विनले ५० रनको अर्धशतकीय पारी खेले । देवदत्त पाडिक्कलले ४८ र एसास्भी जैसवालले १९ रन बनाए । 

जितसँगै १२ खेलबाट १२ अंक जोडेको दिल्ली अंक तालिकाको पाँचौँ स्थानमा छ । राजस्थान भने १२ खेल खेल्दा १४ अंकसहित तेस्रो स्थानमा यथावत् छ ।   

Skip This
Logo