मेयरका उम्मेदवार दासले गरे मतदान

मेयरका उम्मेदवार दासले गरे मतदान


राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवार दिएका मदनदान श्रेष्ठले डिल्लीबजार, पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेका छन् ।

उम्मेदवार श्रेष्ठले बिहान ७ः१५ बजे मतदान स्थलबाट मतदान गरेका हुन् । स्थानीय तह निर्वाचन २०७९ आज देशभर हुँदैछ । मतदानका लागि विभिन्न मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य उपस्थिति रहेको छ । काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह, नेकपा एमालेबाट नेता केशव स्थापित र राप्रपाबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए । 

त्यस्तै स्वतन्त्र उम्मेदवारको रुपमा ¥यापर बालेन साह पनि मेयरको उम्मेदवार रहेका छन् । कामनपामा यी ४ प्रतिष्पर्धीलाई महत्वपूर्ण रुपमा हेरिएको छ । सबैले प्रतिष्पर्धीहरुले महानगरमा आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । 

Skip This
Logo