बेंगलोर क्वालिफायर-टु पुगेपछि लखनउ बाहिरियो

बेंगलोर क्वालिफायर-टु पुगेपछि लखनउ बाहिरियो


रजत पाटीदारले बनाएको आक्रामक शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिगमा बुधबार लखनउ सुपर जायन्टसलाई १४ ले हराएर क्वालिफायर ‘टु’ मा प्रवेश गरेको छ ।

पराजित लखनउ भने लिगबाट बाहिरिएको छ । अब बैंग्लोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएको थियो । गुजरात भने फाइनल पुगिसकेको छ ।

बुधबार इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको बेंग्लोरले पूरा ओभरमा २०७ रन बनायो । उसका लागि पाटीदारले शतकीय पारी खेल्दै ५४ बलमा ११२ रन बनाए । यस क्रममा उनले ७ छक्का र १२ चौका प्रहार गरे । उनी नटआउट रहे । यो जारी सिजनको सातौं शतक हो।

Logo