फाइनल उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दै

फाइनल उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दै


इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १५ औं संस्करण फाइनल उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स एक अर्कासँग भिड्दैछन्। अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल उपाधि भिडन्तमा गुजरात टाइटान्स र राजस्थान रोयल्सबीच नेपाली समय अनुसार ८ः१५ बजेबाट खेल सुरु हुनेछ। 

गुजरात नवप्रवेशी टोली हो । त्यसैले पहिलो सिजन नै उपाधि आफ्नो पक्षमा पार्ने गुजरातको योजना छ। गुजरात लिग चरणका १४ मध्ये १० खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो । प्लेअफ र समूहचरणमा गुजरातले राजस्थानलाई क्रमशः ७ विकेट र ३७ रनले हराएको थियो । 
यता राजस्थान पनि आजको खेलमा सजह जित निकाल्दै प्रतियोगिताको दोस्रो उपाधि जित्ने योनजामा छ । यसअघि राजस्थानले सन् २००८ मा पहिलो उपाधि जितेको थियो। राजस्थान प्लेअफमा पाएको हारको पनि बदला लिन चाहन्छ। 

सञ्जु स्यामसनको नेतृत्वमा मैदानमा उत्रने राजस्थान र हार्दिक पाण्ड्या नेतृत्वमा उत्रने गुजरातबीचको खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ। यसपटकको आइपीएल विजेताले २० करोड, उपविजेताले १३ करोड र तेस्रो हुने टोलीले ७ करोड पाउँछन्। 

Logo