नेसन्स कप : बेल्जियम र नेदरल्याण्डस् भिड्दै

नेसन्स कप : बेल्जियम र नेदरल्याण्डस् भिड्दै


नेसन्स कप फुटबलमा आज राति बेल्जियम र नेदरल्याण्डस् बीच प्रतिस्पर्धा हुँदैछ । लिग 'ए' को समूह चारमा रहेका बेल्जियम र डच टोलीले जारी नेसन्स कपमा आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । समूह चारमा नै रहेको पोल्याण्डले भने यसअघि नै ३ अंक जोडेको छ । उसले वेल्सलाई पराजित गर्‍यो । 

फिफा वरीयाताको दोस्रो स्थानमा झरेको बेल्जियम दशौं स्थानको नेदरल्याण्डसविरुद्ध जित निकाल्ने दाउमा मैदान उत्रनेछ । नेपाली समयअनुसार राति साढे १२ बजे बेल्जियमले घरेलु मैदान किङ बाउडोइन्मा नेदरल्याण्डसलाई स्वागत गर्नेछ । यी दुई बिचको खेल हेर्न ५० हजार भन्दा बढी दर्शकले टिकट काटिसकेका छन् ।

हालसम्म यी दुई देशले एक अर्कासँग १२५ पटक खेलिसकेका छन् । जसमध्ये बेल्जियमले ५५ र नेदरल्याण्डसले ३१ पटक जितेका छन् । बाँकी खेल भने बराबरीमा सकिएका थिए । पछ्ल्लिो पटक सन् २०१८ मा भएको मैत्रीपूर्ण खेल भने बराबरीमा सकिएको थियो । पछ्ल्लिो ८ खेलमध्ये ६ खेल बराबरीमा सकिँदा २ खेलमा भने बेल्जियमले बाजी मारेको थियो । नेदरल्याण्डसलाई भने सन्यास लिएका आर्जेन रोबिन र रोबिन भानपर्सि जस्ता खेलाडि बेल्जियमविरुद्ध खड्किनेछन् । 

नेसन्स लिगकै अर्को खेलमा आज राति लिग 'ए' अन्तर्गत समूह 'एक'का खेलहरु सुरु हुँदैछन् । यो समूहमा फ्रान्स, क्रोएसिया, डेनमार्क र अष्ट्रिया छन् । आज राति फ्रान्स र क्रोएसिया तथा डेनमार्क र अष्ट्रियाबीच खेल हुनेछ । दुवै खेल राति साढे १२ बजे सुरु हुनेछ । 

Logo