इन्स्टाग्राममा विराट कोहलीका २०० मिलियन फलोअर्स

इन्स्टाग्राममा विराट कोहलीका २०० मिलियन फलोअर्स


इन्स्टाग्राममा विराट कोहलीका २०० मिलियन फलोअर्स भएका छन्। योसँगै उनी २०० मिलियन फलोअर्स भएका विश्वकै पहिलो क्रिकेटर बनेका छन्। 

तर विश्वमा कुनै पनि खेलकुदमा सबैभन्दा वढी इन्स्टामा फलोअर्स भएका खेलाडीमा भने क्रिस्टियानो रोनाल्डो पहिलो (४५१ मिलियन) र लियोनल मेस्सी दोस्रो (३३४ मिलियन) पछि कोहली तेस्रो स्थानमा पर्छन् । 

कोहलीले इन्स्टाग्रामबाट सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीहरु मध्ये १९औं स्थानमा छन्। उनी विश्वकै सबैभन्दा वढी फलाे गरिने व्यक्तिहरुकाे २० औं स्थानमा पर्ने एक मात्र भारतीय हुन् । उनले इन्स्टामा एउटा फोटो पोस्ट गरे बापत भारतीय रु. ५ करोड कमाउँछन् । संसारकै सबैभन्दा वढी फलोअर्स भएका रोनाल्डोले भने प्रति फोटो अपलोडको १९ करोड र  मेस्सीले १३ करोड नेपाली रुपैयाँ लिने गर्छन्।  

कोहली पछिल्लो समय भारतीय क्रिकेटका लागि उल्लेख्य योगदान दिन नसके पनि धेरै सामाजिक संजालको प्रयोग गर्ने गरेकाले सबैका नजरमा परिरहन्छन्।

Logo