1
1
Kendrabindu - News & Articles from Nepal

एएफसी एसियन कप छनोट : बंगलादेश र माल्दिभ्सको हार, भारत विजयी

1
1
1
1
1
1
1

एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटअन्तर्गत भएका खेलमा बंगलादेश र माल्दिभ्सले हार बेहोर्दा भारतले भने जित निकालेको छ । 

छनोटअन्तर्गत समूह ‘इ’ को खेलमा बंगलादेश बलियो प्रतिद्वन्दी बहराइनसँग २-० ले पराजित भयो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बुकिट जलिल नेसनल रंगशालामा भएको खेलमा बहराइनलाई जित दिलाउँन अली हरम र कमिल अल अस्वदले समान एक गोल गरे ।

खेलको ३४औं मिनेटमा हरमले बहराइनलाई अग्रता दिलाएका थिए । यस्तै, ४२औं मिनेटमा अस्वदले दोस्रो गोल गरेका थिए । यस्तै, छनोट अन्तर्गत समूह ‘सी’ मा रहेको माल्दिभ्स भने थाइल्यान्डसँग ३-० ले पराजित भयो ।

उज्वेकिस्तानको मार्काजिया रंगशालामा सम्पन्न खेलको ४१औं मिनेटमा साराच युयेनले गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा तिरसिल दांग्दाले थाइल्यान्डको अग्रत दोब्बर पार्दा पान्सा हेमविबोनले ८०औं मिनेटमा तेस्रो गोल गरेका थिए ।

छनोटमा रहेको अर्को दक्षिण एसियाली टिम भारतले कम्बोडियालाई २-० ले पराजित गर्यो । घरेलु मैदानमा भारतलाई जिताउँन दुबै गोल कप्तान सुनिल क्षेत्रीले गरे । यस्तै, अर्को खेलमा श्रीलंका उज्वेकिस्तानसँग ३ -० ले पराजित भयो । नेपाल नेपालसमेत जोर्डनसँग २-०ले पराजित भयो । 

खेलकुद

प्रकाशित: २६ जेठ २०७९ ०६:५० बिहीबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी