दलीय व्यवस्थामा गैरदलीयहरूको उदय खहरे खोलाजस्तै हो : नैनसिंह महर

दलीय व्यवस्थामा गैरदलीयहरूको उदय खहरे खोलाजस्तै हो : नैनसिंह महर


नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दलीय व्यवस्थामा गैरदलीयहरूको उदय खहरे खोजाजस्तै भएको टिप्पणी गरेका छन्।

स्कुल अफ डेमोक्रेसीद्वारा दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरूका लागि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले दलीय व्यवस्थाको विकल्प नभएको दाबी गरे। ‘दलीय व्यवस्थाको विकल्प छैन । स्वतन्त्र व्यक्तिको लहर खहरे खोलाजस्तै हो । तर दलहरूले उम्मेदवार चयनमा ध्यान भने दिन आवश्यक छ,’ महरले भने  ।

उनले कांग्रेस गठबन्धनको पक्षमा रहे पनि गठबन्धन विना उभिनै नसक्ने अवस्थामा भने नरहेको बताए। ‘कांग्रेसलाई गठबन्धन भए पनि ठीक छ, नभए पनि ठीक छ । कांग्रेस गठबन्धन विना उभिनै सक्दैन भन्ने होइन,' उनले भने । एमाले अध्यक्ष केपी शर्माओलीले संविधानलाई ट्रयाकभन्दा बाहिर लिन खाजेपछि कांग्रेसले संविधान जोगाउन नेतृत्व लिएको महरको भनाइ छ। वर्तमान गठबन्धन संविधान र व्यवस्थाको रक्षाका लागि भएको महरले बताए ।

Logo