युइएफए नेसन्स लिग : इंग्ल्यान्ड र इटालीले अंक बाँडे

युइएफए नेसन्स लिग : इंग्ल्यान्ड र इटालीले अंक बाँडे


युइएफए नेसन्स लिग ए ग्रुप ३ मा इंग्ल्यान्ड र इटालीले बराबरी खेल्दै अंक बाँडेका छन् । 

नेसन्स लिगमा जर्मनीले यो लगायत तेस्रो बराबरी खेल हो । दुवै टोलीले समान दुई गोलका राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा दुवै टोलीले एक एक अंकमा चित्त बुझाउनुपर्‍यो । 

पछिल्लो पटक युरोकपको फाइनलमा यी दुई टोली भिड्दा समर्थकले अराजक व्यवहार देखाएको भन्दै यो खेल बन्द रंगशालामा गराइएको थियो। यद्यपि, केही स्कुले बालबालिकाको भने उपस्थिति थियो । यो नतिजापछि अपराजित रहेको इटाली समूहमा ३ खेलबाट ५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । इङग्ल्यान्ड २ अंक जोडेर पुछारमा रहेको छ ।

Logo