कतार विश्वकप खेल्ने अन्तिम टोली बन्यो कोष्टारिका, न्युजिल्याण्ड १-० ले पराजित

कतार विश्वकप खेल्ने अन्तिम टोली बन्यो कोष्टारिका, न्युजिल्याण्ड १-० ले पराजित


कतार विश्वकप फुटबल खेल्ने सबै ३२ टोलीको टुंगो लागेको छ। गएराति भएको खेलमा न्युजिल्यान्डलाई १ / ० ले पराजित गर्दै कोस्टारिका विश्वकपका लागि छनोट भएपछि सबै टोलीको टुंगो लागेको हो । 

जोए च्याम्पेलले खेलको तेस्रो मिनेटमा गरेको एकमात्र गोल कोस्टारिकालाई विश्वकपमा छनोट हुन पर्याप्त रह्यो । कोस्टा बारबारोस ६९औं मिनेटमा रोतो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि न्युजिल्याण्ड अन्तिम २१ मिनेट १० खेलाडीमा सीमित भएको थियो। ६७ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि न्युजिल्यान्ड गोल फर्काउन भने असफल रह्यो । 

कोस्टारिका, स्पेन, जर्मनी र जापानसँगै समूह इ मा परेको छ। कतार विश्वकप नोभेम्बर २१ मा सुरु हुँदैछ।

Logo