लुकाकु पूनः इन्टर मिलानमा

लुकाकु पूनः इन्टर मिलानमा


इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्ध गर्ने भएको छ । 

इन्टरले लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गर्ने भएको हो । इन्टरले ८ मिलियन युरोमा लुकाकुलाई लोनमा अनुबन्ध गर्न लागेको बिबिसीले जनाएको छ । 

लुकाकु गत वर्ष इन्टरबाटै क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सी गएका थिए । उनी र चेल्सीबीच पाँच वर्षको सम्झौता भएको थियो । लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल गरेका थिए । 

यस्तै २६ प्रिमियर लिगमा ८ गोल गरेका थिए । उनले चेल्सीमा सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् । सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले ओल्ड ट्राफोर्ड बसाईमा ९६ खेल खेल्दै ४२ गोल गरेका थिए । युनाईटेडपछि लुकाकु सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए ।

Skip This
Logo