एक दिवसीय शृंखलामा नेदरल्याण्ड्सविरुद्ध इंगल्याण्डको क्लिन स्विप

एक दिवसीय शृंखलामा नेदरल्याण्ड्सविरुद्ध इंगल्याण्डको क्लिन स्विप


नेदरल्याण्ड्सविरुद्धको तीन खेलको एक दिवसीय शृंखलामा इंगल्याण्डले क्लिन स्विप गरेको छ । 

तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको शानदार जित निकाल्दै पाहुना टोली इंग्ल्याण्डले शृंखला ३-० ले जितेको हो । २४५ रनको लक्ष्य इंगल्याण्डले ३१ दशमलव १ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टाएको थियो । 

अघिल्लो दुई खेलमा इंगल्याण्डले २३२ रन तथा ६ विकेटको जित हात पारेको थियो । भ्रमण टोली इंगल्याण्डका ओपनर रोएले अविजित १०१ रन बनाए । रोएले ८६ बलमा १५ चौका प्रहार गरे । उनले कप्तान बट्लरसँग १६३ रनको साझेदारी गरे । बट्लरले ६४ बलमा ७ चौका र ५ छक्कासहित ८६ रन बनाए । 

इंगल्याण्डका लागि डेविड विलीले चार, ब्रेडन कार्सेले दुई, आदिल राशिद, डिविड पाइने र लियम लिभिङ्गस्टोनले एक÷एक विकेट लिए ।

Logo