१६ असार २०७९ बिहीबार
1
1
1
1

पूर्णशंकर टेबल टेनिस भदौ तेस्रो साताबाट

1
1
1
1

पूर्णशंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता भदौ तेस्रो सातादेखि सुरु हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने पाँच दिने प्रतियोगितामा सात विधामा प्रतिस्पर्धा हुने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । प्रतियोगिता २१ असारबाट सुरु हुनेछ । 

स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुने प्रतियोगितामा महिला र पुरुष टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान्स एकल ४० वर्षमाथि, पुरुष भेट्रान्स एकल ९५० वर्षमाथि० र पुरुष भेट्रान्स एकल ६० वर्षमाथि मा प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा शीर्ष १६ टेबल टेनिस खेलाडीबाहेक देशभरका सबै खेलाडीले सहभागिता जनाउन सक्ने अध्यक्ष सुमन शाक्यले जानकारी दिए ।

प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ३० हजार रुपैयाँ छ । जसमा पुरुष र महिला एकलको विजेता, उपविजेता र तेस्रो हुने दुवै खेलाडीले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।भेट्रान्स एकल पुरुषतर्फको विजेता, उपविजेता र तेस्रो हुने दुवै खेलाडीले १० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँबाट सम्मानित हुनेछन् । यस्तै, प्रतियोगिताको पदक तालिकाअनुसार शीर्ष स्थान हासिल गर्न सक्ने वडालाई ५० हजार रुपैंया र रनिङ्ग प्रदान गरिने शाक्यले बताए ।

खेलकुद

प्रकाशित: ९ असार २०७९ १५:४१ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी