नाडाल विम्बल्डन टेनिसको दोस्रो चरणमा

नाडाल विम्बल्डन टेनिसको दोस्रो चरणमा


स्पेनिस टेनिस स्टार राफेल नाडालले विम्बल्डन टेनिसमा विजयी सुरुआत गरेका छन् । 

मंगलबार राति सेन्टर कोर्टमा सम्पन्न खेलमा उनले अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ३-१ ले हराउँदै नाडालले दोस्रो चरणमा स्थान बनाए । मंगलबार राति सेन्टर कोर्टमा भएको खेलमा नाडालले फ्रान्सिस्कोमाथि ६-४,६-३,३-६ ६-४ को सेटमा जित निकाले । 

खुट्टाको चोटका कारण गत वर्ष नै सन्यासको तयारी गरेका नाडालले यस वर्ष उत्कृष्ट प्रदर्शन गरेका छन् । नाडालले यसअघि अष्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि पनि जितिसकेका छन् । विश्व वरियताको दोस्रो स्थानमा रहेका नाडाल सन् २०१९ पछि विम्बल्डन खेलेका छैनन् । 

हिजो भएको खेलको जितसँगैं नाडालको यो ३ सय ६औं ग्रान्डस्लाममा जित हो । अब, कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दोस्रो चरणमा लिथुनियाका रिकार्डससँग खेल्नेछन् । ३६ वर्षीय नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् । 
 

Logo