७ पटकको विम्बल्डन च्याम्पियन सेरेना पहिलो चरणबाटै बाहिरिइन

७ पटकको विम्बल्डन च्याम्पियन सेरेना पहिलो चरणबाटै बाहिरिइन


पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित भएकी छिन् । चोटका कारण लामो समय मैदानबाहिर रहेकी सेरेना मंगलबार राति फ्रान्सकी हार्मोनी टानसँग ५-७, ६-१, ६-७ (८/१०) को स्कोरमा पराजित भएकी हुन् ।  

तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु प¥यो । तानले अब ३२औं वरीयताकी सारा सोरिबेस टोर्मोको सामना गर्नेछिन् । साराले क्रिस्टिना म्याकहेलमाथि ६–२,६–१ को जित निकालिन् । ४० वर्षीय सेरेनाले कीर्तिमानी २३ ग्रान्डस्लाम उपाधि जितिसकेकी छिन् ।
 

Logo