जोन सिनाले मनाए डब्लुडब्लुइमा बिस वर्ष बिताएको खुसियाली

जोन सिनाले मनाए डब्लुडब्लुइमा बिस वर्ष बिताएको खुसियाली


जोन सिनाले डब्लुडब्लुइमा बीस वर्ष बिताएको सम्झनामा खुसियाली मनाएका छन् ।  

उनले खुसियाली मनाउने क्रममा डब्लुडब्लुइ रिङमै उपस्थित भएर आफ्नो विशेष  प्रोमो भिडियो सार्वजनिक गरेका थिए । 
सो भिडियोमा उनले आफ्ना फ्यानहरुलाई मिठो सन्देश दिएका छन् । प्रोमोमा जोनले आफ्ना फ्यानहरूलाई हालसम्म समर्थन गरेकोमा सबैलाई धन्यवाद दिएका छन् । लाइभ इभेन्टमा भने उनले कसैसँग कुश्ती गरेनन् ।

जोन सिना हालसम्म १६ पटक विश्व च्याम्पियन बनिसकेका छन् । हाल उनी हलिउड फिल्म खेल्नमा व्यस्त छन् । उनी पछिल्लो पटक ‘समरस्ल्याम २०२१’ फिल्ममा देखिएका थिए । 
जोन सिनालाई ’समरस्ल्याम २०२१’ मा युनिभर्सल च्याम्पियनसिपका लागि रोमन रेन्ससँग लडेको देखाइएको थियो । 
 

Skip This
Logo