फिफा विश्वकप ट्रफि बारे रोचक जानकारी

फिफा विश्वकप ट्रफि बारे रोचक जानकारी


कतार विश्वकप सुरु हुन ५ महिना पनि बाँकि छैन । जाडोयाममा हुने विश्वकपका लागि मानिसहरु अहिले देखि नै निकै उत्साहित देखिन्छन् । नोभेम्बर २१ बाट सुरु हुने विश्व कपका लागि सबै ३२ टोलीहरुको छनोट भइसकेको छ । विश्वकपको माहोल गर्मागर्मी हुंदैगर्दा ३२ वटै राष्ट्रहरुको ध्यान एउटै कुरामा रहन्छ, त्यो हो विश्वकपको ट्रफिमा आफ्नो देशको नाम लेखाउने । यसै सिलसिलामा जानौं विश्वकप ट्रफिसँग सम्बन्धित रोचक तथ्यहरु…. 

१. विश्वकपको शुरुआत सन् १९३० मा भएसँगै विश्वकपका लागि हालसम्म २ वटा आधिकारिक ट्रफिहरुको प्रयोग भएको छ । 

२. पहिलो ट्रफि १९३० देखि १९७० सम्म प्रयोगमा आएको थियो । यो ट्रफिलाई पहिले भिक्ट्रि भनिन्थ्यो । तर पछि फिफाका अध्यक्षको नामबाट सो ट्रफिको नाम जुलेस रिमेट राखियो । यो पहिलो आधिकारिक ट्रफि पनि सन् १९८३ मा चोरी भएको थियो । चोरी भएको सो ट्रफि त्यसपछि कहिल्यै भेटिएन ।

३. सन् १९७४ देखि हालसम्म प्रयोगमा आएको ट्रफि दोस्रो हो । यो ट्रफिको डिजाइन मुर्तिकार सिल्भियो गज्जनियाले गरेका थिए ।

४. ६.१७५ केजिको सो ट्रफि १८ क्यारेट सुनबाट बनाइएको हो । ट्रफिमा ४ हजार ९६० ग्राम सुनको प्रयोग भएको छ । 

५. फिफा विश्वकप ट्रफिको मुल्य पहिला बनाउदा ५० हजार डलरको लागतमा बनेको थियो तर हाल यो ट्रफिको भ्यालु बढेर २० मिलियन डलर पुगेको छ । 
६. फिफा विश्वकपको आधिकारिक ट्रफि हाल स्विटजरल्यान्डको जुरिचमा राखिएको छ । 

७. फिफा विश्वकपको आधिकारिक ट्रफि विश्वकपको यात्राको बेला, फिफा विश्वकप आयोजनाको ड्र निकाल्ने बेला र विश्वकपको फाइनल खेल भईरहेको बेला मात्र बाहिर निकालिन्छ । 

८. यो ट्रफि ब्राजिलले ५ पटक, जर्मनी र इटालीले ४ पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले २ पटक अनि स्पेन र इंग्ल्यान्डले १ पटक जितेको छ । 

९. कतारमा हुने विश्वकप विजेता टोलीले ट्रफिसँगै ४२ मिलियन डलर जित्नेछन् । पछिल्लो पटक रसियामा भएको विश्वकप बिजेता फ्रान्सले ३८ मिलियन डलर प्राप्त गरेको थियो । यो वर्षको विश्वकप बिजेताले फ्रान्सले भन्दा ४ मिलियन डलर बढि पाउने छ । 

१०. विश्वकपको इतिहासमा आजसम्म जम्मा ८ वटा राष्टहरुले मात्र विश्वकपको टफिमा आफ्नो नाम लेखाउन सफल भएका छन् । ती देशहरु निम्न हुन..ब्राजिल,जर्मनी,इटाली,अर्जेन्टिना,फ्रान्स,उरुग्वे,स्पेन र इंग्ल्यान्ड ।

Logo