इंगल्याण्ड क्रिकेटकाे कप्तानमा जस बट्लर

इंगल्याण्ड क्रिकेटकाे कप्तानमा जस बट्लर


इंगल्याण्ड क्रिकेट बोर्डले विस्फोटक ब्याट्सम्यान जस बट्लरलाई कप्तान नियुक्त गरेको छ । 

बट्लरले अब इंगल्याण्डलाई एकदिवसीय र टी-ट्वेन्टी क्रिकेटमा नेतृत्व गर्नेछन् । सन् २०१९ को एकदिवसीय विश्वकप जिताएका कप्तान ओएन मोर्गनले यही साता मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि बट्लरलाई कप्तान नियुक्त गरिएको हो । 

यसअघि टोलीमा उपकप्तान रहेका बट्लर भन्छन्, मैले मोर्गनबाट धेरै कुराहरु सिकेको छु । मलाई विश्वास छ म उनको रोलमा न्याय गर्न सक्छु । मेरो लागि यो अहोभाग्य हो जति बेला म मोर्गनसँग सम्मेलित भएर उनीसँग खेल मैदानमा खेल्न पाए ।’ सन् १९९० मा जन्मिएका बट्लर सन् २०११÷१२ मा क्रमश टी-२० र वान डेमा डेभ्यु गरेका थिए । यस्तै सन् २०१४ मा उनी टेस्ट क्रिकेटमा पनि डेभ्यु गरे । 
 

Logo