मोहम्मद सलाह थप तीन वर्ष लिभरपुलमा रहने

मोहम्मद सलाह थप तीन वर्ष लिभरपुलमा रहने


इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलमा तीन वर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेका छन् ।

बीबीसीका अनुसार नयाँ करार अनुसार शालाहले हप्तामा ३ लाख ५० हजार पाउण्ड कमाउनेछन् । योसँगै ३० वर्षीय खेलाडी क्लबको सबैभन्दा बढी कमाउने खेलाडी पनि बनेका छन् । अब उनी २०२५ सम्म लिभरपुलमै रहने छन् ।  

सन् २०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुल आएका सलाहले २४८ खेलमा १५५ गोल र ६१ गोलका लागि सहयोग गरेका छन् । यस क्रममा उनले च्याम्पियन्स लिग, प्रियिमर लिग, एफए कप, लिगकप, फिफा विश्वकप र युईएफए सुपर कप जितिसकेका छन् । 

Logo