२४ साउन २०७९ मंगलबार
1
1
1
1

न्यू डायमन्ड भलिबल : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

1
1
1
1
1

सशस्त्र प्रहरी बलको एपीएफलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबले शनिबार बाग्मती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न खेलमा २५–१६, २७–२५, २५ –१९ को सोझो सेटमा हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपीएफमाथि रोमाञ्चक जित निकाल्यो ।

यसअघि पुलिसले लिग चरणको अन्तिम खेलमा एपीएफमाथि ३–१ को सेटमा जित निकाल्दै शतप्रतिशत नतिजासहित फाइनल पुगेको थियो ।
शनिबारै भएको तेस्रो स्थानको खेलमा परोपकार महिला होस्टेललाई सोझो सेटमा स्तब्ध पार्दै न्यू डायमन्ड क्लब तेस्रो भएको थियो ।

प्रतियोगिताको च्याम्पियन बनेको पुलिसले  पाँच लाख, उपविजेता एपीएफले दुई लाख ५० हजार, तेस्रो भएको डायमन्डले एक लाख २५ हजार र सान्त्वना टिम परोपकारले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

खेलकुद

प्रकाशित: १८ असार २०७९ १९:२१ शनिबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी