कहाँ चुक्यो नेपाल ?

कहाँ चुक्यो नेपाल ?


यसै संस्करणबाट सुरु साफ यू-२० च्याम्पियनसिपको उद्घाटन खेल नेपाल र माल्दिभ्सबीच भारतको भुवनेश्वर कालिंगा रंगशालामा भएको थियो । 

नेपाल भन्दा बलियो माल्दिभ्सको टोलीलाई हराउन नेपालले धेरै मेहनत गर्नु परेन । नेपाल फिफा वरियतामा १७६ औँ स्थानमा छ भने माल्दिभ्स १५४ औँ स्थानमा छ । मुख्य प्रशिक्षक मेघराज केसी र कप्तान आयुस घलान गठित नेपाली टोलीले माल्दिभ्सलाई ४–० गोलले सहज रुपमा पराजित गर्यो । माल्दिभ्स विरुद्ध नेपालका लागि दिपेस गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक–एक गोल गरेका थिए ।

नेपाल र माल्दिभ्सबीच विगतमा १७ पटकको भेटमा नेपाल ५ खेलमा विजयी रहँदा ८ खेलमा हार र ४ खेल बराबरीमा टुङ्ग्याउँदै आएको थियो । जीतका आधारमा माल्दिभ्स नेपाल भन्दा अघि भएता पनि हाल नेपालको यू–२० टोली निकै बलियो र संगठित भएका कारण त्यसै अनुरुप साफ च्याम्पियनको उद्घाटन खेलमा अपेक्षित रुपमा नतिजा आफ्नो पोल्टामा पारेको थियो ।

नेपाल पहिलो जीतका साथ अघि बढिरहदा नेपाली फुटबल टोली र नेपाली खेलप्रेमीहरुका लागि उद्घाटन खेलको नतिजा पछि आशाको किरण पलाएको थियो । नेपालका लागि दोस्रो खेल श्रीलंका विरुद्ध थियो । श्रीलंकाबिरुद्ध ५ पटकको भेटमा ३ खेलमा नेपाल र २ खेलमा श्रीलंका विजयी भएको छ ।

फिफाको आधिकारिक पेजमा पनि नेपाल भन्दा ३१ स्थान तल रहेको श्रीलंकालाई नेपाली टोलीले सहज रुपमै हराउन सक्ने अनुमान पहिले नै गरिएको थियो । तर श्रीलंका पनि आफ्नो पहिलो खेलमा बंगलादेशसँगको १–० को हार बिर्सदै नेपाली टोलीलाई हराउने उद्देश्यका साथ मैदान उत्रेको थियो । तर नतिजा भने नेपाली टोलीको पोल्टामा आयाे । नेपालका कप्तान आयुष घलानले सो खेलमा उत्कृष्ट प्रदर्शनी गर्दै एक गोल गरे भने अर्को एक गोलका लागि सहयोग गरेका  थिए । नेपाली टोलीले कुल ३ गोल गरेको थियो । नेपालका लागि सो खेलमा कप्तान आयुष घलान, कृतिशरत्न छुन्जु र मनग्ये नकर्मीले एक–एक गोल गरेका थिए ।

नेपाल दोस्रो खेलको विजयीसँगै ६ अंकका साथ समुहको शिर्ष स्थानमा उक्लिएको थियो । नेपालसँगको दोस्रो हारसँगै श्रीलंका अंक तालिकामा सबैभन्दा पुछारमा पुग्यो । नेपाललाई पछ्याईरहेको बंगलादेश पनि बलियो भारतलाई २–१ गोलले हराउदै दोस्रो स्थानमा रहदै नेपाललाई पछयाइरहेको थियो ।

पछिल्लो समय नेपाली फुटबलका लागि भारत र क्रिकेटका लागि युएई जितमा पुग्न सँधै बाधकको रुपमा देखिने गरेको छ । नेपाली फुटबल टोली २ खेल मध्ये दुबैमा विजयी हुँदै उच्च मनोबलका साथ भारत विरुद्ध तेस्रो खेलमा उत्रिदा भारत पनि आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराउदै उत्कृष्ट पुनरागमन गर्दै नेपाललाई चुनौती दिन तयार थियो ।

हालसम्म नेपाल विरुद्ध २३ खेल खेलिसकेको भारत १६ जितका साथ नेपाललाई सहजै रुपमा पराजित गर्ने आकलन भारतले गरिसकेको थियो । यस्तै नेपालका लागि भारतलाई हराउन हालको उत्कृष्ट खेल शैली र उच्च मनोबलका साथ मैदानमा उत्रेको थियो । तर नेपालको परम्परागत प्रतिद्धन्दी भारत नेपाली टोलीको रक्षापंक्तिलाई सहजै तोड्दै नेपालको पोष्टमा ८ गोल हान्न पुग्यो । यस्तो नतिजा न नेपाली फुटबल टोलीले सोचेको थियो न त नेपाली फुटबल प्रेमिहरुले नै ।

किनकी ८ गोलले भारतसँग हार्नु नेपालको हाल जुन प्रकारको टिम र टिमको खेल्ने शैली छ त्यो न्यायपरक थिएन । नेपाली टोलीको रक्षापंतिले गरिरहेको गल्तिको फाइदा उठाउँदै भारतले गरेको ८ गोल नेपालका लागि यति निराशाजनक थियो कि सामाजिक सञ्जालमा खेलाडीहरुप्रति निकै नकारात्मक टिप्पणीहरु हुन थाले । जसले गर्दा खेलाडीहरुको मनस्थिती पनि विस्तारै गिर्दै थियो ।

यस्तो परिस्थितीमा प्रशिक्षक केसीले नेपाली खेलाडीहरुको मनोबल उच्च गर्नका लागि खेलको सम्पुर्ण जिम्मेवारी आफ्नो काँधमा लिए । केसी नेपाल भारतसँग ८–० गोलमा हार्नुको जिम्मा आफुले लिदै खेलाडीहरुलाई केहि नभन्न आग्रह गरे । केसीले भारतसँग नेपाल हार्नुको कारण खेलाडीहरूमा अनुभवको कमी भएको र नेपाली जनतालाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौ भनि माफ मागे ।

केसीकै शब्दमा भन्नु पर्दा ‘खेलाडी र एन्फालाई दोष नदिउँ । यो सब मेरो गल्ती हो ।’ यस्तै, केसीले नेपाली टोलीलाई बंगलादेश विरुद्ध लयमा ल्याउन आफुहरुसँग दुई दिनको समय रहेको र यदि नेपाललाई फाइनलमा पुर्याउन नसकेमा आफु प्रशिक्षकको भुमिकाबाट सधैका लागि सन्यास लिने घोषणा गरेका थिए । यता नेपाल समुहमा ३ खेल खेलेर जम्मा ६ अंक जोड्दै तेस्रो स्थानमा रहँदा भारत पनि सम्मान ३ खेलबाट ६ अंक लिएर गोल अन्तरका आधारमा दोस्रो स्थानमा उक्लिएको थियो ।

बंगलादेश भने ३ खेलबाट ९ अंक जोड्दै समुहको शिर्ष स्थानमा यथावत नै थियो । नेपालको अन्तिम खेल बंगलादेशसँग थियो । जुन प्रतियोगिताकै सबैभन्दा बलियो टोलीका रुपमा अघि बढिरहेको थियो । बंगलादेशले खेलेका ३ वटै खेलमा जित निकाल्न सफल भयो । नेपालका लागि पनि बंगलादेश विरुद्धको खेल कम्तिमा ५–० गोल अन्तरका साथ र भारत र श्रीलंका बिचको खेल श्रीलंकाले जित्नु पर्ने थियो । यदि यसो भएको खण्डमा नेपाल फाइनल पुग्ने थियो ।

तर नतिजा आशातित भएन । नेपाल र बंगलादेश बिचको खेल पहिलो हाफ निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगीयो ।  दोस्रो हाफको केहि समयमै बंगलादेशले नेपालको रक्षपंक्तिमा भएको कमजोरीको फाइदा उठाउँदै पहिले अग्रता लियो । नेपालका निरन्जन मल्लले नेपालका लागि बराबरी गोल गर्दै हारको अवस्थालाई टारे ।

खेल बराबरीमा टुङगियो अब नेपालको फाइनल पुग्ने सपना कल्पनामा मात्र सम्भव थियो । नेपालले भारत र श्रीलंका बिचको खेल नतिजालाई पर्खिनु कुनै पनि आधारमा न्यायोचित थिएन । भारत र श्रीलंका बीचको खेल १–१ मा टुङगिए पनि त्यो नेपालका लागि फाइनलसम्मको यात्राका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात झै थियो ।

यसरी नेपाल पहिलो पटक आयोजित यू–२० साफ च्याम्पियनसिपमा २ खेलमा जित र २ खेलमा हार ब्यर्होदै ७ अंकका साथ नेपाल तेस्रो स्थानमा रहन पुग्यो । यस्तै बंगलादेश र भारत क्रमश १० र ९ अंकका साथ पहिलो र दोस्रो स्थानमा रहदै फाइनलसम्मको यात्रा तय गरे । यी दुई बिचको फाइनल खेल ५ अगस्ट अर्थात २० गते शुक्रबार नेपाली समय अनुसार बेलुकीको ७ः१५ मा सुरु हुनेछ ।

       

 

Skip This
Logo