बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यू-२० उपाधि

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यू-२० उपाधि


फरवार्ड गुर्किरत सिंहको चार गोलको सहयोगमा बंगलादेशलाई पराजित गर्दै भारतले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे ।बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक एक गोल गरे ।

रोमान्चक खेलमा सुरुआती अग्रता भारतले नै बनाएको थियो । दोस्रो मिनेटमा गुर्किरात सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

तर, ४५ औं मिनेटमा मोहमद रोजनले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याए ।खेलको ४८ औं मिनेटमा शाहीम मियाले गोल गर्दै बंगलादेशलाई २-१ को अग्रता दिलाए । खेलको ६० औं मिनेटमा गुर्किरातले व्यक्तिगत दोस्रो गोल भारतलाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको निर्धारित ९० मिनेटमा थप गोल भएन र खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयमा भारतले लगातार तीन गोल थप्यो ।

खेलको ९२ औं मिनेटमा हिमान्सु जान्ग्राले गोल गर्दै भारतलाई ३-२ को अग्रता दिलाए ।
९३ औं मिनेटमा गुर्किरातले ह्याट्रिक पूरा गर्दा भारत ४-२ ले अघि रह्यो ।त्यसपछि खेलको ९९ औं गुर्किरातले व्यक्तिगत चौंथो गोल गर्दै भारतलाई ५-२ को जित दिलाए ।

यस जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला लिएको छ ।बंगलादेशले लिग चरणमा भारतलाई २-१ ले हराएको थियो ।

Logo